काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ घटाएको छ। निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ कायम भएको छ । यस्तै डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??