काठमाडौं ।
भारतमा फैलिएको कोरोना भाइरसको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सविवि १ दशमलव १६’पुष्टि भएको छ। चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभएको छ। चैत महिनामा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुना परीक्षण गर्दा १० जनामा सो भेटियन्ट पुष्टि भएको हो। साथै नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील बन्नका लागी मन्त्रालयले आग्रह गरेको छ ।