spot_img
spot_img
spot_img

ट्वीटरको लोगो परिवर्तन, चराको सट्टा कुकुर

spot_img

एजेन्सी ।

ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन। ट्वीटरको माइक्रो–ब्लगिङ साइटमा ठूलो परिवर्तन गर्दै मस्कले नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् । गत अक्टोबरमा ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को चर्चाका निर्णय गर्दै आएका मस्कले सोमबार राति ट्वीटरको लोगो फेर्दै अर्को चर्चा सिर्जना गरेका छन । डेस्कटप र ल्याटप प्रयोगकर्ताहरुले लोगो परिवर्तन भएको देखेपनि मोबाइल एपमा भने तत्काल परिवर्तन हुने छैन ।

यस अघि ट्वीटरमा निलो टिकका लागि शुल्क लिने निर्णय गरेका थिए। मस्कले कम्पनीका सीईओ पराग अग्रवालसहित ठूलो संख्यामा कर्मचारी कटौती पनि गरेका थिए। ट्वीटरको नयाँ लोगो बनाइएको शिवाइनु कुकुर डोजक्वाइन नामक क्रिप्टो करेन्सीको समेत लोगो रहेकाले ट्वीटर प्रयोगकर्ताहरुबीच यसले बढी चर्चा पाएको छ। सफ्टवेयर इन्जिनियरद्वय बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा बिटक्वाइन लगायतका क्रिप्टो करेन्सीहरूको मजाक उडान कुकुरको लोगो राख्दै डोजक्वाइन सुरु गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img