spot_img
spot_img
spot_img

एकल आमाका सन्तानलाई मावलीकै थर राख्न वडा कार्यालयमा निर्देशन

spot_img

काठमाडौं ।

एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै अर्थात मावलीकै थर राखेर गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले निर्देशन दिएको हो ।

पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको आमा तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन निर्देश गरेको छ । यदी जन्मदर्ता गरिसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा यसलाई रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले वडा कार्यालयहरुलाई परिपत्र गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img