spot_img
spot_img
spot_img

कारोना जोखिम बढेपछि सीमा नाका बेलहियामा कडाई

spot_img

भैरहवा ।

कारोना जोखिम बढ्न थालेपछि सीमा नाका बेलहियामा कडाइ गरिएको छ। भारतबाट फर्किने नागरिकहरुमा कोराना संक्रमण बढ्दै जान थालेपछि चेकजाँचमा कडाइ गरिएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमा क्षेत्रमा नियमित चेकजाँचलाई बढाइएको बताउनुभएको छ । प्रजिअ पाण्डेले चेकजाँचका क्रममा संक्रमित फेला परेमा संक्रमितलाई गन्तव्यसम्म पुर्याउने र ट्याकिङ गर्ने तथा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन विशेष सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि चेकजाँच र निगरानी बढाइएको उहाँले बताउनुभयो । बेलहिया हेल्थ डेस्कका अनुसार चैत १८ देखि २१ गते भारतबाट फर्किएका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img