बुटवल ।
होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीले उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाललाई सम्मान गरेको छ । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघको २२औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई स्व. कालिदास स्मृती अक्षकोषबाट नगद १० हजार राशीसहित सम्मान गरेको हो ।
पर्यटनको क्षेत्रमा तथा होटल व्यवसायीहरुको पक्षमा कलम चलाएको भन्दै संघले स्थापना गरेको उक्त पुरस्कार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल तथा संघका अध्यक्ष रामप्रसाद गौतमले संयुक्त रुपमा सम्मानपत्र सहित प्रदान गर्नुभएको हो । भुसाल संघका प्रेस सल्लाहकार हुनुहुन्छ भने राज्य टेलिभिजनका समाचार प्रमुख समेत हुनुहुन्छ ।




