spot_img
spot_img
spot_img

भारतमा २४ घण्टामा ६ हजारभन्दा धेरैमा कोरोना पुष्टि

spot_img

भारत ।

भारतमा गएको २४ घण्टामा छ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। पछिल्लो २४ घण्टामा थपिएको सङ्ख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार तीन सय तीन जना पुगेको छ भने गत २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन । अहिले भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img