spot_img
spot_img
spot_img

बच्चाको आमाकै थर र स्थायी ठेगानाबाट जन्मदर्ता

spot_img

काठमाडौं ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार थप स्पष्ट गरिएको जनाएको छ । यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले जानकारी दिनुभएको छ । विभागद्वारा जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख गरिएको छ ।

त्यसैगरी , विवाह अघि बच्चाको जन्म भएको , एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन पनि भनेको छ । विभागले बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगाना पत्ता लागेमा फेरी पहिले गरेको जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न भनेको हो । बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुन बमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखी जन्मदर्ता गर्नुपर्ने उल्लेख छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img