२७ चैत, काठमाण्डौ ।
थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले १–१ गोलको बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अतर्गतको खेलमा थ्री स्टारका सन्तोष साहुखलले ७८औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि नै मनाङले गोल फर्काएर खेल बराबरीमा ल्याएको हो । जितसँगै मनाङ ७ खेलमा १५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा नै रहेको छ भने थ्री स्टार ११ अङ्कसहित छैटौँ स्थानमा छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??