काठमाडौं ।
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन। पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो । आफूलाई कुटपिट र बलात्कार गरेको भन्दै श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीबिरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गएको मङ्सिरमा जाहेरी दिएकी थिईन। जाहेरीमा श्रीमानले आफूलाई पटक–पटक कुटपिट, यौन शोषण र हिंसा गरेको उल्लेख गरिएको छ। न्यायाधीश गिरीले पनि श्रीमतीले पैसा चोरेको भन्दै उजुरी दिएका थिए । गएको असारमा जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भएका गिरी विवादमा तानिएपछि अघिल्लो महिना न्याय परिषद् काठमाण्डौमा सरुवा भएका थिए ।