भैरहवा ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले निस्क्रिय रहेको नागरिकता सम्बन्धि विधेयकलाई अगाडी बढाउने बताउनुभएको छ । श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता विहिन बनाएर राख्न नमिल्ने जिकिर गर्नुभएको छ । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेदेखि नै यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकता बिहिन बनाएर राख्न नसकिने उल्लेख गर्नुभएको हो ।
त्यसबारेमा सवै राजनैतिक पार्टी एवम राष्ट्रिय जिवनका महत्वपूर्ण व्यक्तित्वहरुसंग छलफल गरिने उहाँको भनाई छ। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले शान्ती प्रक्रियाको संविधान सभाबाट राजनैतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने र सेना समायोजन गरि २ प्रक्रिया सकेको र संक्रमणकालीन न्याय सम्बन्धि काम अझैपनि बाँकी रहेकोले यसलाई पुरा गरिनुपर्ने उहाँको भनाई छ ।