एजेन्सी ।
बायर्न म्युनिखलाई हराउने क्रममा गोल गर्दै अर्लिङ हालान्डले नयाँ कीर्तिमान बनाउन सफल भएका छन। २२ वर्षीय स्ट्राइकर कुनै पनि सिजनमा सर्वाधिक गोल गर्ने प्रिमियर लिगका खेलाडी बनेका हुन। च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्नलाई ३–० गोलले हराउने क्रममा नर्वेका खेलाडीले खेलको ७६ औँ मिनेटमा गोल गरेका थिए । सिटीका लागि यो सिजन उनको ४५ औँ गोल थियो । उनले यो उपलब्धि मात्र ३९ औँ खेलमा हासिल गरेका हुन् । कुनै पनि प्रिमियर लिगका खेलाडीले सबै प्रतियोगितामा गरेको गोलका लागि नयाँ कीर्तिमान हो ।
यसअघि रुड भान निस्टलरोयले सन् २००२–०३ सिजनमा र मोहमद शालहाले सन् २०१७–१८ सिजनमा लिभरपुलका लागि एकै सिजनमा ४४ गोल गरेका थिए। त्यस्तै, जर्मन च्याम्पियनविरुद्ध सात खेलमा उनको पाँचौँ गोल थियो । बोरुसिया डर्टमण्डमा हुँदा हालन्डले बायर्नविरुद्ध कयौँपटक खेलेपनि यसअघि उनले जीत भने हासिल गर्न सकेका थिएनन् ।