spot_img
spot_img
spot_img

लिटिल रोज बोर्डिङ्ग स्कुलको गर्यो बार्षिक परीक्षाफल सार्वजनिक

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकामा रहेको लिटिल रोज बोर्डिङ्ग स्कुलले शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल प्रकाशित गरेको छ। विद्यालयले एक कार्यक्रमगरी बिद्यालयमा अध्यनरत बिधार्थीहरुको बार्षिक परीक्षाफल प्रकाशित गरेको हो। बार्षिक परीक्षाफल सार्वजनिक कार्यक्रममा कक्षागत रुपमा उत्तिर्ण बिधार्थीहरुलाई पुरस्कृत तथा सम्मान गर्दै कञ्चन गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले स-साना बालबालिकाहरुलाई उचित समयमा उचित शिक्षा प्रदान गर्न सकेमात्र देशको कर्णधारको रुपमा बिकास हुने बताउनुभयो। बिधार्थीहरुलाई उचित समयमा उचित शिक्षा, अनुशासन, र बानी ब्यबहार सिकाउन सकिएन भने देशको कर्णधार भन्ने भनाई व्यबहारमा लागु हुन नसक्ने वडा अध्यक्ष गुरुङ्गले उल्लेख गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष गुरुङ्गले कञ्चनको शैक्षिक स्तरलाई गुणस्तर बनाउन अभिभावक, शिक्षक र बिधार्थीहरु बिच नङ्ग र मासुको सम्बन्ध स्थापित गर्नु पर्नेमा समेत जोड दिनुभयो।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा राष्ट्रिय भुमि आयोग रुपन्देहीका सदस्य निरमाया क्षेत्री बोहराले सम्पुर्ण बिधार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै आफ्ना अभिभावक र शिक्षकहरुबाट प्राप्त शिक्षा र असल ज्ञानका कुराहरुको मनन गरेमात्र उच्च शिक्षाका लागि सरल बाटो तयार हुने बताउनु भयो। फरक प्रसंगमा बोल्दै क्षेत्रीले कञ्चनमा बर्षौं देखि आमोद कमोत गर्दै आएका भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुलाई यथासक्य जग्गाधनी पुर्जा प्रदान गर्न राष्ट्रिय भुमि आयोग अन्तर्गत जिल्ला समिति र स्थानीय समन्वय समितिले जग्गा नापी कार्यलाई तिव्रता दिइरहेको बताउनुभयो।
बिद्यालयका प्रबन्ध निर्देशक यमन भण्डारीले कार्यक्रमको अध्यक्षता गर्दै बिद्यालयले संख्यामा भन्दा गुणस्तरियतामा बढी ध्यान दिदै आइरहेको बताउनुभयो।

सस्तो लोकप्रियतामा भन्दा बिद्यार्थीहरुको शैक्षिक स्तरलाई हरेक प्रतिस्पर्धामा अब्बल प्रतिस्पर्धी बनाई बिधार्थीहरुमा आत्म बिश्वास बढाउनमा बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुले बढी ध्यान दिदै आइरहेको प्रबन्ध निर्देशक भण्डारीले बताउनुभयो। अभिभावकहरुको तर्फबाट निर्मला पुनले बोल्दै बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुबाट बिधार्थीहरुको लागि हुने नजिकको अभिभाकिय जिम्मेवारी र व्यबहारिक शिक्षा नै बिद्यालयको असल गुण भएको बताउनु भयो । बिद्यालयका सहायक प्रधानाध्यापक बावुराम गौतमले सञ्चालन गर्नु भएको कार्यक्रममा बिभिन्न कक्षागत रुपमा उत्तिर्ण बिधार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कञ्चन गाउँपालिका वडा नं। २ स्थित गजेडीमा रहेको बिद्यालयको कार्र्यक्रममा शिक्षक मनिषा खनालले कार्यक्रममा स्वागत गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img