spot_img
spot_img
spot_img

कञ्चनले नापी कार्यलाई तिव्रता दिएपछि कञ्चनवासीहरु खुशी

spot_img

कञ्चन । 
रुपन्देहीको कञ्चन गाउँपालिकाले अब्यवस्थित वसोबासी र भूमिहिन तथा सुकुम्वासीहरुलाई जग्गाधनी पूर्जा दिनका लागि जग्गा नापी कार्यलाई तिव्रता दिइरहेको छ। पालिकाको ५ वटै वडामा विभिन्न ब्लकहरुको निर्माण गरी जग्गा नापी कार्यलाई तीव्रता दिएपछि कञ्चनवासीहरुमा खुशी र उत्साह देखिएको छ। कञ्चन गाउंपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा गरिएको लगत संकलनमा भुमिहिन दलित, भुमिहिनि सुकमवासी तथा अव्यबस्थित बसोबासीहरुको संख्या करिब १२ हजार बढी रहेको छ। राज्य पुनः संरचनापछि भएको पहिलो निर्वाचित जनप्रतिधिहरुकै समयमा जग्गाधनी पूर्जा दिने योजनाका साथ अघि बढेको भएपनि पछिल्लो समय सत्ता परिवर्तनका कारण राष्ट्रिय भुमि आयोगले नियमित काम नर्गदा काम अवरोध भएको हो । गत वर्ष बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिले गरेको प्रतिबद्धता अनुरुप २०७९ जेठ २८ गते कञ्चनमा ड्रोन मार्फत परिक्षणको रुपमा जग्गा नाप्न शुरु गरिएको थियो ।

यतिबेला कञ्चन गाँउपालिकाका जनप्रतिनीधि, कर्मचारी र नापी शाखाका प्राविधिकहरुले स्थलगत रुपमा नापी कार्यलाई तीव्रता दिएका छन् ।अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टिम वडा वडाको वस्तीमा पुगेर नापीको काम शुरु गरेपछि स्थानीय खुशी भएका छन् । लालपूर्जा पाउने आशामा बसोवास गर्दै आएका अव्यवस्थित र भूमिहिनहरु लगत संकलन गर्दा प्राप्त गरेको निस्सा पत्र बोकेर आफ्नो जग्गा नापी गर्नका लागि लागि परेका छन् ।यस पटक लालपुर्जा पाउनेमा ढुक्क छु। यस भन्दा अघि पनि नापी गर्ने हल्ला भयो तर केही काम भएन। अहिले पहिल्यै नक्सा बनेर आएको रहेछ आफ्नो आफ्नो जग्गाको सिमाना छुट्याउनु परेको छ आफ्नो जग्गाको सांध देखाउदै कञ्चन गाउँपालिका वडा नंम्बर २ का टेकबहादुर बलालले भन्नुभयो ।
यस्तै कञ्चन ५ का भविन्द्र ज्ञवाली र वडा नं। ३ का हिरामणी ढकालले पनि यसपटक आफुले विगत ४० बर्ष भन्दा अगाडी देखि आमोद कमोत गर्दै आएको जग्गाको लालपुर्जा पाउने कुरामा ढुक्क भएको बताउनु भयो। गाँउपालिकाका अध्यक्ष नवराज ढकालले राजस्व शुल्क कम गराएर मात्र जग्गा धनी पूर्जा वितरण गर्ने योजना रहेको बताउनु भएको छ। निर्वाचित भएको एक सय दिनमा लालपूर्जा दिने प्रतिवद्वता जनाउनुभएका अध्यक्ष ढकालले संघ र प्रदेशको चुनावका लागि भदौ २८ गतेदेखि आचारसंहिता लागु भएकाले समयमा लालपुर्जा दिन नसकिएको बताउनुभएको छ ।

कुनै भवितव्य आइनपरे असार मसान्त अगाडी नै ५ वटै वडाका केही ब्लकहरुको तयार भएको लालपूर्जा वितरण गरिने अध्यक्ष ढकालले आश्वासन दिनु भएको छ । पालिकास्तरबाट गर्नु पर्ने कार्यलाई निरन्तरता दिने हो, हामीले गरिरहेको नापी कार्यमा बिश्वास नलाग्न सक्छ तर हामीले आफ्नो काम गरिरहन्छौं अध्यक्ष ढकालले स्थानीय सञ्चारकर्मीसंग प्रतिक्रिया दिनु भयो। कञ्चनमा अव्यवस्थित तथा भूमिहिनहरुले लालपुर्जा प्राप्त गर्दा तिर्नु पर्ने राजस्वका कारण बढीमा १५ देखि २० प्रतिशतले मात्र लालपुर्जा लिन सक्ने सम्भावना देखिन्छ । राज्यले निर्धारण गरेको न्युनतम ८ प्रतिशतदेखि २ सय प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले पैसा तिर्न नसक्दा धेरैले लालपुर्जा लिन नसक्ने अवस्था रहेको छ । ९ सय ८८ भुमिहिन दलित, २०८१ भूमिहिन तथा सुकुम्वासी र ९,३३२ अव्यबस्थित बसोवासी रहेको कञ्चनमा करिब २५ प्रतिशत मात्र लालपुर्जा भएको जग्गा रहेको छ । अध्यक्ष ढकालले ५ वर्ष भित्रमा कञ्चनवासीलाई लालपूर्जा उपलब्ध गराएर आफ्नो योजना पुरागर्ने प्रतिवद्दता जनाउनु भएको छ । अध्यक्ष ढकालले ४० वर्षदेखि आमोद कमोत गर्दै आएका कञ्चनवासीको अव्यबस्थित जग्गा नाप नक्सांकन गरेर सबैको हातमा लालपूर्जा दिएर उनीहरुको मुहारमा मुस्कान देख्ने आफ्नो इच्छा रहेको र त्यही अनुसार काम गरेर देखाउने प्रतिवद्दता जनाएका छन् । कार्यपालिकाबाट गर्नुपर्ने सबै काम गरी एक पटकमा ३ देखि ४ वटा ब्लकको काम सम्पन्न गर्ने र थप नयां ब्लकको नापीका लागि आयोगमा पठाउने कार्यलाई कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीहरुले तयारी गरेका छन् । यही चैत्रको दोश्रो हप्ताबाट कञ्चनका जनप्रतिनीधि, नापी टोली प्रमुख सहित समपुर्ण प्राबिधिकहरु बिहान ६ बजे देखि साँझ ७ बजेसम्म कत्तिाकाट गर्ने कार्यमा खटिरहेको कञ्चन गाउँ पालिकाका प्रवक्ता चित्र तुलाचनले जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img