काठमाडौँ ।
केही दिन यता देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् । भारतसंग जोडिएका सिमानाकाबाट आउने भारतिय र नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साथै सबैजनालाई सचेत रही कोरोना संक्रमणबाट बच्न उपायहरु अपनाउन आग्रह गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??