देवदह । रुपन्देहीको देवदहमा प्रथम वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
देवदह नगरपालिका वडा नं ५ को आयोजनामा र देवदह ब्याडमिन्टन क्लबको सह आयोजनामा सहिद दुर्गा तिवारी तथा बसन्त पौडेल स्मृति कवड हलमा भएको प्रतियोगितामा ओपन खेल तर्फ लाल बहादुर गुरुङ र मंजील साहनीको जोडी प्रथम भएको छ। उनीहरुले १० हजार रुपैयाँ संगै ट्रफि ,मेडल र प्रमाण प्रत्र प्राप्त गरे।
यसैगरी प्रतियोगितामा गोपाल गैरे र चित्र बहादुर चौधरीको जोडी द्वितीय भएको छ। उनिहरुले ६ हजार रुपैयाँ सहित ट्रफि, मेडल प्रमाण प्रत्र प्राप्त गरे। प्रतियोगितामा दिल बहादुर थापा र डिल बहादुर गुरुङको जोडी र युवराज पुन र विमल वि.क को जोडी तृतीय भएको छ। उनिहरुले ४ हजार सहित ट्रफि, मेडल प्रमाण प्रत्र प्राप्त गरे।
त्यस्तै भेट्रान्स तर्फ टेक बहादुर थापा र तिल बहादुर बुढाथोकीको जोडी प्रथम, देव बहादुर सारु र किरन थापाको जोडी द्वितीय र लोक बहादुर थापा र खड्ग बहादुर पुनको जोडी र कुल बहादुर राना र सुनिल गिरीको टिम तृतीय भएको छ। उनिहरुले क्रमश ६ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, ४ हजार, शिल्ड, मेडल र प्रमाणपत्र र २ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताका विजयी टिम र खेलाडीलाई देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापा, देवदह नगरपालिका वडा नं ७ का वाडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, देवदह नगरपालिका वडा नं ४ का पुर्व वडा अध्यक्ष दिपक चापागाईं, देवदह नगरपालिकाको कार्यपालिका सदस्य रुका शर्मा ढुङ्गाना, वडा नं ५ का वडा सदस्य होमनाथ भट्टराई लगायतले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए।