spot_img
spot_img
spot_img

सुडानमा सेना र अर्धसैनिक बलबीचको लडाइँमा ५६ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

सुडानमा हिजो शनिवारदेखि चलिरहेको लडाइँमा परि अहिलेसम्म ५६ जनाको ज्यान गएको छ । सेना र अर्धसैनिक बल ९आरएसएफ० बीच भएको लडाइँमा अरू छ सय जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । डार्फर क्षेत्र लगायतमा पनि लडाइँ चलिरहेको छ। राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाको विषयमा विवाद रहेको छ। सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिका बनाएको छ । आरएसएफले समायोजन १० वर्षपछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आरएसएफबीच विवाद छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img