spot_img
spot_img
spot_img

दश दिनदेखि हराएको हेलिकप्टरका पाँच जना यात्रुको शव फेला

spot_img

 एजेन्सी ।

दशदिनअघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव फेला परेको छ। गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केहीबेरमा सम्पर्कविहीन भएको थियो। सैनिक कमाण्डर लेफ्टिनेन्ट जनरल युइची साकामोटोसहित पाँच जनाको शव भेटिए पनि बाँकी चार जना डिफेन्स फोर्सका कर्मचारी हुन् वा होइनन् भन्ने पुष्टि भइसकेको छैन। गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटिएको डिफेन्स फोर्सका अधिकारीलाई उद्धृत गर्दै समाचार समिति क्योदोले जनाएको छ।

-एएफपी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img