spot_img
spot_img
spot_img

दुवै खुट्टा गुमाएका हरि बुढा मगर सगरमाथाको आरोहण गर्दै

spot_img

काठमाडौं ।

शारीरिक रुपमा अशक्त भएर पनि हरी बुढा मगर सगरमाथा आरोहणका लागि अघी बढ्नुभएको छ । उहाँले आफूले सगरमाथा आरोहणमार्फ् विश्व कीर्तिमान राख्न चाहेको बताउदै दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरुलाई गौरवान्वित बनाउने बताउनुभयो । बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाईमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । उहाँले हिनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताउनुभयो । सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उहाँले उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै देशलाई पनि केही दिनुपर्छ भन्ने मनशायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताउनुभयो ।

अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परिरहेको भन्दै उहाँले सबै संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिनुभयो । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो । उहाँ ६ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि ९(दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उहाँ सगरमाथाको आधार शिविरसम्म पुगिसक्नु भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img