काठमाण्डौ ।
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको हो ।कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका उहाँ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को पूर्वअध्यक्ष एवम् पूर्वमन्त्री पनि हुनुहुन्छ । परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??