spot_img
spot_img
spot_img

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बुटवलमा कम्युनिष्ट नेताहरुलाई सम्मान

spot_img

बुटवल ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ औं बर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ । सोमबार बुटवलमा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अग्रज बामपन्थी नेताहरु बरिस्ठ साहित्यकार तथा अधिवक्ता दिल साहनी, पुर्ब सांसद रामचन्द्र भट्टराई, पुर्ण बहादुर थापा तथा ज्योतिलाल बि कलाई सम्मान गरेको हो। सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य वसन्त सी (ज्वलन) ले कम्युनिस्ट पार्टी स्थापना गरि अगाडि बढाउने पुष्पलाल लगाएत सबै नेताहरू प्रती उच्च संमान प्रकट गर्नु भएको थियो।

लुम्बिनी ब्यूरो इन्चार्ज समेत रहनु भएका ज्वलनले कम्युनिस्ट आन्दोलन हुदै जनयुद्धसम्म आइपुग्दा र अहिलेसम्म निरन्तर रुपमा कम्युनिस्ट पार्टीको आन्दोलन र विचारको रक्षा गर्न हाम्रा अग्रजहरुले पुराएको योगदानलाई कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै नेता ज्वलनले क्रान्तिकारी शक्तिहरु अहिलेको आवश्यकता र परिस्थिति अनुसार अगाडि बढनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रगतिशील साहित्यकार तथा अधिवक्ता दिल साहनीले आफु सधैंभरि क्रान्तिको पक्षमा निरन्तर कलम चलाइरहने बताउनृभयो। क्रान्तिको पक्षमा सडकमा एक पछि अर्को पार्टी रहिरहनु सुखद पक्ष भएको भन्दै प्रगतिशील साहित्यकार तथा अधिवक्ता साहनीले क्रान्तिकारीहरुको एकता आजको आवश्यकता भएको धारणा राख्नु भयो । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब सांसद रामचन्द्र भट्टराई, सल्लाहकार ज्योतिलाल बि क, थारु मुक्तिमोर्चा अध्यक्ष नवीन थारु, जया पौडेल लगायतले कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र योगदान बारे प्रकाश पारेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img