कञ्चन ।
रुपन्देहीको कञ्चन ३ झारगैरामा रहेको महेन्द्र अधिकारीको परालको टौवा र खरले छाएको गोठमा आगलागी भएको छ। ईलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार पालिकाको वडा नं ३ अधिकारीचोक बस्ने महेन्द्र अधिकारीको खरले छाएको गोठमा आगलागी हुँदा गोठसंगै रहेको परालको टौवा र भान्सा घर समेत जलेर नस्ट हुँदा करिब ४ लाख रुपैया बराबरको क्षति भएको छ। प्रहरीका अनुसार गोठमा कुंडो पकाउन जलाएको आगोका कारण गोठमा आगलागी भएपछि पराल र भान्सा घरमा समेत आगलागी भएको थियो।
आगलागी भएको थाहा पश्चात नजिकैको प्रहरी प्रशासन र दमकललाई खवर गरिएको थियो। मंगलबार सांझ करिब ७ः४५ बजेको समयमा आगलागी भएको खबर प्रहरी प्रशासनले थाहा पाउनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुर, स्थानीय र दमकलको सहयोगमा गयराती करिब ९ः४८ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट कुनैपनि मानविय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ।