spot_img
spot_img
spot_img

राहुल गान्धीको पुनरावेदन खारेज

spot_img

एजेन्सी ।

मानहानी मुद्दामा दोषी ठहरिनुभएका भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गएको महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता गान्धीले सांसद पद गुमाउनुभएको थियो । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘चोर’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गर्नुभएको थियो ।

यद्यपि उहाँको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन। अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उहाँको दलका नेताहरूले बताएका छन् । अहिले दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img