spot_img
spot_img
spot_img

यमनमा आर्थिक सहयोग वितरणस्थलमा भागदौड मच्चिँदा ७८ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

यमनमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले जनाएको छ । सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा मानिसहरू आतङ्कित भएर भागिरहेको देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिव्यक्ति ९ डलर वितरण गर्ने समाचार थाहा पाएपछि सयौँ मानिस विद्यालयमा भेला भएका थिए ।

पर्याप्त सुरक्षा र योजनाविना रकम सहयोग गरेको भन्दै सरकारले रकम वितरण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै साना सहर हुथी विद्रोहीको नियन्त्रणमा छ । पछिल्ला वर्षहरुमा हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img