spot_img
spot_img
spot_img

आईपीएल क्रिकेटमा पन्जाबलाई हराउँदै बेङ्गलोर विजयी

spot_img

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाब किङ्ग्सलाई २४ रनले पराजित गरेको छ। मोहालीमा बुधबार भएको पहिलो खेलमा बेङ्गलोरले घरेलु टोलीलाई २४ रनले पराजित गरेको हो । बेङ्गलोरले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाब १८ ओभर २ बलमा अलआउट भएको हो । यसअघि टस हारेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । यो जितसँगै बेङ्गलोर छ खेलमा छ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पन्जाब उति नै अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img