काठमाण्डौ ।
एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ। आज शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराउदै जित हात पारेको हो। कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अलआउट भएको थियो।
पहिले टस हारेर ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३ सय १० रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिएका थिए भने दिपेन्द्रसिंह ऐरी २ र ललित राजवंशीले १–१ विकेट लिए । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरेका हुन । आजको खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी योगफल बनाएको हो । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएको पीएनजीसँगको खेलमा दुई सय ९७ रन बनाएको थियो ।