गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घास बजारमा अव्यवस्थित रूपमा निर्माण संरचनाहरु हटाउन थालिएको छ । गुल्मीको रेसुंगा नगरपालिकाले त्यस क्षेत्रको बजारमा कालोपत्रे गर्नका लागि बिहीबारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटी लगायतका संरचनाहरु हटाउन सुरु गरेको हो ।
नगरपालिकाले पहिले नै सडक छेउँछाउँका अव्यवस्थित रूपमा निर्माण गरिएका सडकपेटीहरु हटाउन निर्देशन दिएको थियो । नगर प्रमुख खिलध्वज पन्थीका अनुसार तोकेको समयमा घरधनीहरुले नहटाएपछि नगरपालिकाले डोजर चलाउनु परेको हो । नगरपालिकाले हटाउन थालेपछि घरधनीहरुले पनि संरचनाहरु भत्काउन सुरु गरेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??