काठमाण्डौ ।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ। ६० सदस्यीय प्रदेशसभा सदस्यमा उहाँको पक्षमा जम्मा २४ मत आएको थियो। विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो । आज ५९ मत खसेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत खसेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त हुनुभएको हो । नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??