काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणबाट गत २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार पनि एक जनाको निधन भएको थियो। शनिबार आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज ५० जनाले स्वास्थ्यलाभ लिएका छन् । यस्तै देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष आइसीयू र तीन जना भेन्टिलेटरमा उपचार गराईरहेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??