spot_img
spot_img
spot_img

गाउँपालिकामा भन्दा नगरपालिकामा बस्नेको संख्या बढी

spot_img

काठमाडौं ।

नेपालको कुल जनसंख्या मध्ये नगरपालिकामा बस्ने जनसंख्या सबै भन्दा बढी रहेको पाईएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । विभागका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरुको कुल जनसंख्या १ करोड ९२ लाख ९६ हजार ७ सय ८८ (६६.२० प्रतिशत) रहेको बताउनुभयो । त्यस्तै गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७ सय ९० (३३.८ प्रतिशत) रहेको बताउनुभयो ।

२०६८ सालको जनगणना अनुसार नगरपालिकामा बस्नेको संख्या १७.१ प्रतिशत थियो भने गाउँपालिकाहरुमा बस्नेको संख्या ८२।९ प्रतिशत रहेको थियो । नेपालको लैङ्गिक अनुपात प्रति १ सय महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६।०६ र गाउँपालिकाको ९४.६८ रहेको छ । कुल जनसंख्या मध्ये अन्य लिङ्गीको जनसंख्या २ हजार ९ सय २८ रहेका छन् भने उक्त संख्या नगरपालिकामा २ हजार १ सय १८ र गाउँपालिकामा ८ सय १० जना रहेको निर्देशक लामिछानेले बताउनुभयो ।

नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् । देशको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र हालको बसोवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्तिहरु ६९.० प्रतिशत रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img