spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

spot_img

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ। सोमबार (आज) प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो। ८७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन आवश्यक रहेको थियो। गिरीको पक्षमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत मात्रै खसेपछि उहाँ पदमुक्त हुनुभएको हो। मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् । नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गएको चैत १२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको हो।

एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका हुन। सत्तामा सहभागी दलहरुले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी, नेपाली कांग्रेससहितका ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img