काठमाण्डौ।
चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ। गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै रहेकाले उहाँको जित निश्चित भएको हो । साथै लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उहाँलाई बधाई दिनुभएको छ। पछिलो मतपरिणाम अनुसार रास्वपाका रबि लामिछानेको ५००७९ मत आएको छ भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ९१६५ मत ल्याउदा नेकपा एमालेका रामप्रसाद न्यौपानेको ८८७७ मत आएको छ । नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपचुनाव भएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??