काठमाण्डौ ।
तनहुँको क्षेत्र नम्बर–१ मा भएको उपचुनावमा रास्वापाका डा. स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । साथै प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मगलबार बिहान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
डा.वाग्लेले ३४ हजार ९ सय ११ मत ल्याएर विजयी हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभएको थियो । गएको मङ्सिर ४ मा तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति बनेपछि उपचुनाव भएको हो ।