spot_img
spot_img
spot_img

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीले भोलि दाबी पेश गर्दै

spot_img

बुटवल ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्दै हुनुहुन्छ। प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानसभा धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गर्नुभएको छ। मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेपछि यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएका थिए। ८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img