spot_img
spot_img
spot_img

कृयाशिल पत्रकार महिला (wwj) को लुम्बिनी प्रदेश समिति गठन

spot_img

१६ बैशाख, बुटवल ।

कृयाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) को लुम्बिनी प्रदेश समिति गठन गरिएको छ। शनिबार (आज) बुटवलमा उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले दाङकी लिला शाहको अध्यक्षतामा ९ सदस्यीय नयां कार्य समिती गठन गरेको हो। जसको उपाध्यक्षमा भगवती पाण्डे, महासचिवमा गंगा खड्का, कोषाध्यक्षमा सावित्री गिरी रहनुभएको छ। यसैगरी सदस्यहरुमा कल्पना तिवारी, रोशनी मल्ल, गिता पौडेल, मालती न्यौपाने र सृजना भट्टराई रहनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख साबित्रादेवी अर्यालले पत्रकारीता क्षेत्रमा पत्रकार महिलाको पहुंच विस्तार गर्न महिला पत्रकार सकृय रुपमा लाग्नुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव बिक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, एलाईन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डे, दाङका सल्लाहकार लिला शाह, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार, संचारिका समुह लुम्विनी प्रदेशका सचिव माया केसी, रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, सम्मानित पत्रकार ईन्दिरा खनाल लगायतले बोल्दै पत्रकारीता पेशा बनेको पछिल्लो समय अझ चुनौतीपुर्ण भएको भन्दै पत्रकारीतामा देखिएको विकृतिलाई चिर्न पत्रकारहरु नै लाग्नुपर्ने बताएका छन।

साथै आज कै कार्यक्रममा (डब्लु डब्लु जे) रुपन्देहीले स्थापना गरेको संघर्षशिल पत्रकार महिला सम्मानबाट पत्रकार ईन्दिरा खनाललाई गरिएको छ । संस्थाका पुर्व सचिव तथा नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष खनालले विगत ५ वर्षदेखि जापानमा रहेर सकृय रुपमा पत्रकारीता पेशालाई पनि निरन्तरता दिदै आउनुभएको छ। डब्लु.डब्लु.जे रुपन्देहीका अध्यक्ष कल्पना तिवारीको अध्यक्षता,संस्थापक अध्यक्ष भगवती पाण्डेको स्वागत तथा सचिव विन्दु भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img