spot_img
spot_img
spot_img

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

spot_img

काठमाण्डौ ।
कुवेत विरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो।

डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको हो। नेपाल समूह ए को विजेता बनेको छ भने कुवेत समूह बीको उपविजेता बनेको हो । नेपालमा खेलमा राम्रो सुरुवात गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img