एजेन्सी ।
सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल ९एसएएफ० र विपक्षी र्यापिड सपोर्ट फोर्सेस ९एसआरएफ० अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट भइरहेको छ । साउदी अरेबिया र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकोमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छन् । उनीहरूले युद्ध बन्द गर्ने सहमति पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । अफ्रिकी सङ्घ, संयुक्त राष्ट्र सङ्घ, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, बेलायत र अमेरिकाले एक संयुक्त वक्तव्य निकालेर युद्धविराम गर्न सहमति जनाएकोमा त्यसको स्वागत गरेका छन् । उनीहरूले शत्रुतापूर्ण गतिविधि सदाका निम्ति अन्त्य गर्न वार्ता र मानवीय सहायता सुनिश्चित गर्नेतर्फ द्वन्द्वरत पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
पश्चिमी डार्फुरमा भड्किएको युद्धका कारण कुपोषणको शिकार भएका झन्डै ५० हजार बालबालिकालाई खाद्य सहायता उपलब्ध गराउन नसकिएको राष्ट्र सङ्घीय खाद्य कार्यक्रमले जनाएको छ । सहायता निकायहरूका अनुसार हिंसाका कारण घरभित्रै फसेका धेरै सुडानी खाना, पानी, इन्धन र बिजुलीको अभावमा छटपटाइरहेका छन् । केही भने ज्यान जोखिममा पारेर सुडानबाट पलायन भएका छन् ।
१४ दिनअघि युद्ध सुरु भएपछि सुडानबाट १४ हजार नागरिक सुरक्षाको खोजीमा देशबाट पलायन भएका इजिप्टका अधिकारीले बताएका छन् । ५० देशका दुई हजार विदेशीले पनि सुडान छाडेका छन् । २० हजार सुडानी चाड पुगेका छन् भने चार हजार दक्षिण सुडानमा शरणार्थी भएका छन्, तीन हजार पाँच सय जना इथियोपिया पुगेका तथा तीन हजार जनाको हाराहारीमा अन्यत्र पलायन भएका राष्ट्र सङ्घीय निकायले जनाएका छन् । युद्ध चलिरहेका थप दुई लाख ७० हजार सुडानी देशबाट विस्थापित हुने चेतावनी पनि राष्ट्र सङ्घीय निकायहरूले दिएका छन् ।