काठमाण्डौ ।
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्कदै हुनुहुन्छ । भण्डारीको अहिले भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ । उहाँ उपचारपछि भोलि बेलुका काठमाण्डौ आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिनुभएको छ । भण्डारीको स्वास्थ्यमा सुधार आएको र उहाँ बोल्न र हिँड्न थाल्नुभएकोसंग्ै भोली डिस्चार्ज भई नेपाल फर्कनुहुने भएको हो ।
गएको फागुन ३ गते राति आफ्नै निवास काठमाण्डौको बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो भने आगलागीमा परि सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।




