कञ्चन ।
कल्याणकारी आमा समूह, कञ्चन रुपन्देहीको भवन निर्माणका लागि कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले शिलन्यास गर्नुभएको छ। कञ्चन गाँउपालिकाको आर्थिक सहयोग तथा समूहको लागत सहभागितामा निर्माण हुने लागत करिब ६ लाख रहेको छ । भवनको शिलन्यास गर्दै अध्यक्ष नवराज ढकालले कञ्चनका हरेक संघ संस्थाहरुसंग समन्वय र सहकार्यगरी स्थानीय तहलाई सबैको पहुँचमा आधारित बनाउन सकिने बताउनुभयो। कल्याणकारी आमा समूहको भवन निर्माण पुरा गनका लागि गाउपालिकाले थप आर्थिक सहयोग गर्दै जाने बताउनुभएको छ ।
यसैगरी वडाअध्यक्ष केशरबहादुर खत्रीले आफ्नो वडाका विभिन्न आमा समूह, क्लव तथा टोल बिकास संस्था लगायत सरेकारवालाहरुको सहयोग र सल्लाहबाट नै वडाको समग्र विकासलाई प्राथमिकता दिदै जाने बताउनुभयो। समूहका अध्यक्ष कुमारी श्रीस मगरको अध्यक्षता तथा सचिव पुर्णा कुमारी रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न् भएको थियो। समूहको भवन कञ्चन ४, कालिका टोल स्थित छपालीटोलमा निर्माण हुदैछ।