काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्सलाई ६ विकेटले हराउदै जित हाँसिल गरेको छ। २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । मुम्बई ९ खेलमा ५ मा जित र ४ मा हारसहित छैटौँ स्थानमा छ । पञ्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अङ्ककासाथ सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेल वर्षाले प्रभावित हुँदा लखनउ र चेन्नईले अङ्क बाँडेका थिए।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??