spot_img
spot_img
spot_img

चीनमा ५ दिनको बिदामा २७ करोड ४० लाख जना घुमघाममा, २१ अर्ब अमेरिकी डलरको कारोबार

spot_img

एजेन्सी ।

चीनको आन्तरिक पर्यटन कोरोना महामारीअघिकै अवस्थामा फर्किएको छ । मे दिवसको अवसरमा चीनमा दिइएको पाँच दिने बिदाको अवधिमा देशभर पर्यटकीय गतिविधि थामिनसक्नु भएको बीबीसीले जनाएको छ । पाँच दिनको अवधिमा दुई करोड ७४ लाख जना चिनियाँ नागरिक देशका विभिन्न ठाउँमा घुमघाममा निस्किएका चीनको पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । यो सङ्ख्या सन् २०१९ को तुलनामा २० प्रतिशतले धेरै हो । पर्यटकको घुमघामका कारण पाँच दिनमा २१ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको छ।

यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो । पाँच दिनको अवधिमा देखिएको यति ठूलो पर्यटकीय चहलपहल चीनको पर्यटन क्षेत्रका लागि सफलताको मुख्य विन्दु हुने चाइना टुरिज्म एकेडेमीका दाइ बिनले बताउनुभएको छ। चीनले पर्यटकीय गतिविधि खुला गरेपछि आन्तरिक मात्रै नभई बाह्य पर्यटकको सङ्ख्या पनि उत्साहपूर्ण रहेको छ। यो पाँच दिनको बिदामा १२ लाख जना चिनियाँ नागरिकले विदेशमा घुमघाम गरेका पनि खबरमा उल्लेख छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img