एजेन्सी ।
भारतको उत्तराखण्डमा भारतीय जनता पार्टीका क्याबिनेट मन्त्री प्रेमचन्द्र अग्रवालको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा मन्त्री अग्रवालले एक युवकलाई कुटपिट गरिरहेको देख्न सकिन्छ । मन्त्रीसँगै उनका सुरक्षाकर्मी र अन्य व्यक्तिले एक जना युवकलाई कुटिरहेको भिडियोमा देखिएको छ । ऋषिकेश सहरमा सडकको बीचमा भएको यो झडपका सम्बन्धमा राज्यका सहरी विकास मन्त्री प्रेम चन्द अग्रवालले एक कार्यक्रममा जाँदा सुरेन्द्र सिंह नामका व्यक्तिले आफूमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको बताए ।प्रेम चन्द अग्रवालले उक्त व्यक्तिले आफूलाई लगातार दुर्व्यवहार गरेको दाबी गरेका छन् । उनले भने, ‘मेरा सुरक्षाकर्मीले गाली गर्दा पनि उनी मानेनन् ।
उनले मेरो कुर्तामा हात छिराएर च्यातिदिए ।’ उनले मेरो सुरक्षाकर्मीले रोक्दासमेत उनलाई हात हाल्ने कोसिस गरे र मलाई आक्रमण गर्न ढुङ्गा उठाउन दौडिए । त्यसपछि मेरो सुरक्षाका लागि यस्तो गरिएको हो ।’ यो भिडियो भाइरल हुने बित्तिकै मन्त्री प्रेम चन्द अग्रवालविरुद्ध विपक्षी दलले आक्रामक व्यवहार अपनाएका छन् । कांग्रेस नेता सूर्यकान्त धस्मानाले तिखो प्रतिक्रिया दिँदै भने, ‘भाजपा नेता र मन्त्री सत्ताको नशाले चुर छन् ।’ उनले उत्तराखण्डमा प्रेम चन्द अग्रवालले लगातार सर्वसाधारणमाथि दुर्व्यवहार गर्दै आएको आरोप लगाए । मुख्यमन्त्री पुष्कर सिंह धामीले मन्त्री प्रेमचन्दविरुद्ध कारबाहीको माग गरेका छन् ।