काठमाडौं ।
देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३ सय १ जनामध्ये ७ सय ४१ जनाको पीसीआर र ५ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएकामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधीमा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल २ सय २ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




