spot_img
spot_img
spot_img

आज वैशाख शुक्ल पूर्णिमा, २५६७औँ बुद्ध जयन्ती मनाइँदै

spot_img

लुम्बिनी ।

आज वैशाख शुक्ल पूर्णिमा अन्तर्गत २५६७औँ बुद्ध जयन्ती। लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाइँदैछ । नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो। गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रुपमा लिने गर्दछन।

यसैबीच आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीर्ला आजैका दिनका लागी रङरोगन र सरसफाइ गरी सिङ्गारिएको छ। आजको औपचारिक कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गौतमबुद्धले ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा ईसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्व प्रसिद्धि पाउनुभएको थियो । आज काठमाण्डौको बौद्ध, स्वयम्भू, चाबहिलमा रहेको चारुमति विहारलगायत बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायतका ठाउँमा पनि विभिन्न कार्यक्रम हुँदैछ । बुद्ध जयन्ती अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img