spot_img
spot_img
spot_img

आज किराँत, राई समुदायले उभौली पर्व मनाउदै

spot_img

काठमाण्डौ ।

आज किराँत, राई समुदायले उभौली पर्व मनाइँदै छन । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाउन लागिएको हो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरी उभौली पर्व मना‍उने गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ भने किराँत समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img