spot_img
spot_img
spot_img

कञ्चनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम भेला, सभापतिमा प्रेमचन्द्र पोख्रेल

spot_img

कञ्चन ।

रवि लामिछानेको नेतृत्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कञ्चन प्रथम कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले प्रेमचन्द्र पोख्रेल संयोजकत्वमा १७ सदस्यिय राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चन गाउ समिति गठन गरेको छ। कञ्चनका कार्यकर्ताहरुको प्रथम भेलालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही संयोजक प्रकाश ज्ञवालीले आफ्ना देशका नागरिकहरुलाई नक्कली शरणार्थी बनाएर अमेरिका बेच्ने जुनसकै दलका नेता कार्यकर्ता तथा कर्मचारीहरुलाई सरकारले कार्वाही गर्न लागेको प्रति सरकारात्मक पक्ष भएको बताउनुभयो। भ्रष्टचार, अनियमित, कमिसन र देशघाती कार्यमा संलग्न भएका दलसंग सहकार्य गरेर सरकारमा बस्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले हेर्ने दृष्टिकोण पनि उस्तै हुने भएकोले प्रतिपक्षमा बस्न जनताले दिएको सुझावलाई मनन गरी सरकारलाई दिएको समर्थन फिर्ता गरेको रुपन्देही संयोजक ज्ञवालीले जानकारी दिनुभयो।

देशमा बसेर देशको लागि केही गर्नु पर्छ भनेर अमेरिकाको सबै सुबिधा त्यागेर स्वदेश फर्किएका रवि लामिछानेको राजनैतिक भिजन, मिसन र एक्सनलाई सार्थक रुपमा कार्यान्वयका लागि देशभर घण्टीमय बनाउने अभियानलाई सशक्त बनाउन समेत संयोजक ज्ञवालीले आग्रह गर्नु भयो। राष्ट्रिय स्वतन्त्र पार्टीको बहाव देखेर पुराना शासक दलहरु भित्र भुइचालो गएको र आत्तिएको समेत उल्लेख गर्दै संयोजक ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुनुको अर्थ आफ्नो गाउठाउमा भएको बेथिति, बिसंगति, भ्रष्टचार, अनियमित्ता र कमिसनका बिरुद्ध आवाज बुलन्द गर्ने एक सिपार्ही बन्नु भएको बताउनु भयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय स्वतन्त्र पार्टी, सैनामैना संयोजक राज बहादर क्षेत्रीले पुराना दलहरुमा चाकडी, व्यक्ति पुजा, अनियमित्ता र भ्रष्टचारीहरुको बिगविगी बढिरहेकोले ति देशघातीहरुलाई तअ लगाउन गाउ गाउमा घण्टीमय बनाउन लाग्नु पर्नेमा जोड दिनु भयो। देशमा भ्रष्टचारले सिमा नाघिसक्यो, इमान्दार र असल नेता भनेर प्रचार गरेका नेताहरुको असली रुप सबैले देखिरहेको उल्लेख गर्दै भ्रष्टचारी र ठगहरुलाई ठिक पार्ने अभियानको शुरुवात रवि लामिछानेले गर्नु भएकोले अव आफुलाई कसैले केही गर्न सक्दैन भन्नेहरुको मुटु डग्मगाएको बताउनुभयो। पार्टीका लुम्बिनी प्रदेश सदस्य डा बुद्धिप्रसाद शर्माको अध्यक्षता तथा मन बहादुर थापा९मोती०को सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा भुपेन्द्र आचार्यले स्वागत गर्नु भएको थियो। रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा भएको भेलामा लुम्बिनी प्रदेश सदस्य महेन्द्र प्रसाद उपाध्याय,सैनामैना नगर समितिका दुर्गा खनाल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो। भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img