spot_img
spot_img
spot_img

कञ्चनमा निर्माण हुने विद्युत प्रसारणको सव-स्टेशन निर्माण स्थलको अनुगमन

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकालाई विधुतको समस्या सधैका लागि अन्त्य गर्ने लक्षका साथ निर्माण हुन लागेको बिधुत प्रसारणको सब स्टेशन निर्माण स्थलको आज नेपाल बिधुत प्राधिकरणका उप प्रबन्धक सवर्ण सापकोटाले अनुगान गर्नु भएको छ। निर्माणाधिन सव स्टेशनको अनुगमनको क्रममा कञ्चनलाई उज्यालो स्थानिय तह बनाउन र कञ्चनमा सधै सटदाउन हुने समस्यालाई अन्त्य गर्न सब स्टेशन निर्माण कार्यलाई तिव्रता दिन आफुले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ। बिधुतको कुनै समस्या नभएको प्रयाप्त बिधुत उत्पादन भएकोले सामान्य हावा चल्दा समेत बिधुत प्रसारणमा अवरुद्ध भइरहने समस्याबाट पिडित कञ्चनवासीहरुहको समस्या समाधानका लागि नेपाल बिधुत प्राधिकरणबाट आफुले हरेक क्षेत्रमा आवस्यक सहयोग गर्न तत्पर रहेको उप प्रबन्धक सापकोटाले बताउनुभयो।

अनुगमनको क्रममा कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनका लागि छुट्टै फिडर सहितको सवस्टेशन निर्माणका लागि सम्बन्धित निकायमा पटक पटक पहल भएतापनि समयमा कुनै सुनुवाई नभएकोले कञ्चनवासीले आकाशमा कालो बादल मडारिएपछि लोडसेडिङ्गको समस्याबाट पिडित हुदै आएको नेपाल बिधुत प्राधिकरणका उप प्रबन्धक साकोटालाई स्मरण गराउनु भयो। अव सब स्टेशन निर्माणका लागि आवस्यक सहयोग सहितको पहल कदमीलाई तिब्र्रता दिन आग्रह गर्दै अध्यक्ष ढकालले स्थानीय तहबाट गर्नु पर्ने जिम्मेवारीलाई पनि बहन गर्न तयार रहने बताउनुभयो। अनुगमन कार्यक्रममा कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, वडा अध्यक्षहरु टिकाराम सापकोटा, कुल प्रसाद पौडेल, गाउपालिकाका निवर्तमान अध्यक्ष गो्कर्ण बहादुर क्षेत्री,कार्यपालिका सदस्यहरु, नेपनल बिधुत प्राधिकरण लुम्बिनी प्रसारण शाखाका प्रमुख इन्जिनियर हंसलाल शाह, वडा सदस्यहरु काठमाण्डौ रुपन्देही सम्पर्क समाजका अध्यक्ष बैकुण्ठ सापकोटा लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।
काठमाण्डौ रुपन्देही सम्पर्क समाजका अध्यक्ष बैकुण्ठ सापकोटाको बिशेष पहलमा कञ्चन ३ को जिग्नियामा करिब २१ कट्ठा जमिन क्षेत्रफलमा सव स्टेशन निर्माणका लागि निर्माण स्थलको तारवार गर्ने कार्य सम्पन्न भएको छ भने करिब ६ करोड रुपैयामा सब स्टेशन निर्माण हुने काठमाण्डौ रुपन्देही सम्पर्क समाजका अध्यक्ष सापकोटाले जानकारी दिनु भएको छ।रास्ट्रीय सडक बत्ती प्रबर्द्धन योजना अंतरगत हाम्रो कंचन गाउँ पालिका उज्यालो बनाउने कार्यको लागि ६०(४० साझेदारी कार्यक्रमका लागि कञ्चन गाँउपालिकालाई नेपाल विद्युत प्राधिकरणबाट पत्राचार भएको समाजका अध्यक्ष सापकोटाले जानकारी गराउनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img