spot_img
spot_img
spot_img

चार्ल्स तृतीय र क्यामिलालाई बाइडेनको बधाई

spot_img

एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिनुभएको छ। उहाँले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उहाँहरूप्रति सद्भाव व्यक्त गर्नुभएको छ। लण्डनमा आयोजित समारोहमा सहभागी नहुनुभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भन्नुभएको छ । राज्याभिषेक समारोहमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत सम्प्रेषित वधाई सन्देशमा भन्नुभएको छ, “यस ऐतिहासिक अवसरको लागि अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा मलाई गर्व लागेको छ।”

शुक्रबार प्रसारित एक अन्तर्वार्तामा बाइडेनले जुलाईमा नयाँ राजालाई विशेष गरी वातावरणका बारेमा कुरा गर्न आफूले भेट्ने बताउनुभएको थियो । “हामी युरोपमा नेटोको सम्मेलनमा जान लागेका छौं, र मैले ९चार्ल्स ० लाई उक्त अवसरमा भेट्नेछु,” बाइडनले एमएसएनबीसीसँग भन्नुभयो । नेटोको वार्षिक शिखर सम्मेलन जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने तय भएको छ । बाइडेनले अप्रिलको सुरुमा चार्ल्सलाई फोन गरेर गद्दी आरोहण भएकोमा बधाई दिनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img