spot_img
spot_img
spot_img

देवदहमा व्यावसायिक पत्रकारिता आवश्यक: नगरप्रमुख खरेल

spot_img

देवदह ।

देवदह नगरपालिकाका प्रमुख धुर्ब प्रसाद खरेलले देवदहको विकासमा पत्रकारिताको भूमिका महत्वपुर्ण हुने बताउनुभएको छ । देवदह प्रेस क्लबद्वारा आयोजित एकहप्ते पत्रकारिता तालिमको शनिबार उद्घाटन गर्दै प्रमुख खरेलले नीति-निर्माण र कार्यन्वयन गर्ने तप्कालाई सजग बनाउन व्यवसायीक पत्रकारिता आवश्यक रहेको बताउनुभयो । देवदहले पर्यटन क्षेत्र र कृषि उत्पादनमा काम गरिरहेको उल्लेख गर्दै प्रमुख खरेलले त्यसको प्रचारमा संचारकर्मीको भूमिका महत्वपुर्ण हुने धारणा व्यक्त गरे। “ऐतिहासिक महत्वको देवदह नगरमा पर्यटन र कृषिको उच्च सम्भावना रहेको छ” उहाँले भन्नुभयो, “व्यवसायिक पत्रकारिताको माध्यमबाट यहाँका पर्यटकीय क्षेत्र र कृषि उत्पादनको बारेमा लेख्न र प्रचार गर्नमा पत्रकारको भूमिका महत्वपुर्ण हुन्छ।”सत्य, तथ्य र निष्पक्ष रूपमा गरिने संचारकर्मले समाजलाई सहि बाटोमा डोर्याउन सक्ने बताउंदै प्रमुख खरेलले तालिमले त्यस प्रकारका व्यवसायिक पत्रकार उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सोहि कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पत्रकार राज्यको चौंथो अंगको भएको उल्लेख गर्दै पत्रकारिता लोकतन्त्रको अभिन्न अंग रहेको बताउनुभएको छ ।

कार्यक्रममा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह प्रेस क्लबका सल्लाहकारहरू पवन पौडेल, रमेश पोख्रेल, पत्रकार दिपक न्यौपाने, गोविन्द घर्ती लगायतको उपस्थिति रहेको थियो। प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार रेशम अधिकारी स्वागत र सचिव निर्मल थापाको संचालन रहेको थियो। बैशाख २९ सम्म संचालन हुने उक्त तालिममा देवदहका १२ वटै वडाबाट ४२ जना प्रशिक्षार्थीहरू सहभागी रहेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img