काठमाडौं ।
आज आठौं राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ । पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो। पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन गर्ने र जनतालाई सु–सूचित गराउन योगदान पुर्याएका पत्रकारलाई सम्मान गर्ने भएको छ।